Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

रिद्धिसिद्धि सिमेन्टको ढुङ्गा बोकेको ट्रिपर भीमफेदीमा दुर्घटना


मकवानपुरको खोप्लाङमा ढुङ्गा बोकेको ट्रिपर दुर्घटना भएको छ ।

ADVERTISEMENT

त्रिभुव राजपथ अन्तरर्गत भीमफेदी–१ खोप्लाङमा रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि खानीबाट ढुङ्गा लिएर आएको ट्रिपर दुर्घटनामा परेको हो । ना.८ख ८९१० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

ADVERTISEMENT

ट्रिपर दुर्घटना हुँदा चालक हेटौंडा– १५ रातोमाटे बस्ने बर्ष ४३ का विरबहादुर वाईवा च्यापिएको अवस्थामा फेला परेका छन् ।

हाल घटना स्थलमा मध्य पृतना हेडक्वाटर सुपारेटारको टोली र जिल्ला प्रहरी कार्यालयको टोलिले उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । हेटौंडा–१५ रातोमाटेमा अवस्थित सिमेन्टको चुन ढुङ्गा बोक्ने जिम्मा बागमती विन्दवासिनि कन्स्ट्रक्सनको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० चैत्र ५, १४ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट