Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

कक्षा कोठामै पुगेर विद्यार्थी झुक्याउछन् हेटौंडाका इन्स्टिच्युट संचालक, भ्रामक प्रचार गर्नेलाई विद्यालयकै साथ्

अभिभावक संघ भन्छ स्थानीय सरकारले अनुगमन गरेन, प्याब्सन भन्छ यसो गर्न पाइन्छ


हेटौंडामा च्याउसरी रहेका विभिन्न भाषा शिक्षा, तयारी कक्षालगायत संचालन गर्ने इन्स्टिच्युटहरुले हेटौंडाका अधिकांस विद्यालयमा पुगी कक्षा १० का विद्यार्थीहरुलाई झुठो आस्वासन देखाएर प्रलोभनमा पारिरहेको पाइएको छ ।

ADVERTISEMENT

एसईई नजिकिदै जाँदा यहाँका इन्स्टिच्युटहरुले पढाइरहेको कक्षा कोठा भित्रै प्रवेस गरी आस्वासन देखाउने, उपहार दिने, प्रलोभनमा पार्ने गरेको पाइएको हो ।

ADVERTISEMENT

बिगत १ महिनादेखि हरेकदिन छुट्टाछुट्टै सस्थाबाट उपहार बोकेर आउने र प्रलोभनमा पार्ने गरेको कक्षा १० का विद्यार्थीले गुनासो गरेका छन् । ‘हरेक दिन इन्स्टिच्युटबाट आउछन्, कहिलेकाहीँ त क्लास नै हुदैन पढाई मै डिस्टब हुन्छ’, हेटौंडा-८ कि कक्षा १० कि छात्राले गुनासो गरिन् ।

इन्स्टिच्युटहरुले आफ्नो सस्थामा विद्यार्थी तान्नका लागि भ्रामक प्रचार गर्दै प्रचार सामाग्री बाढ्ने, कक्षाकोठामै पुगी प्रचार सामाग्री तथा उपहार दिने गरेका छन् ।

ADVERTISEMENT

एसईई परिक्षाको तयारीमा रहेका विद्यार्थीलाई इन्स्टिच्युटले हैरानी दिदा पनि सम्बन्धित विद्यालयहरु भने वास्तै नगर्ने गरेका छन् । कतिपय विद्यालय त इन्स्टिच्युटसंगैको मिलेमतोमा एसईई पछी फलानो/फलानो इन्स्टिच्युटमा जानुपर्छ भन्दै विद्यार्थीलाई शिक्षकले नै निर्देशन दिने गरेका छन् । इन्स्टिच्युटका संचालकले एसईई पछी आफ्नो सस्थामा आए विभिन्न अफरहरु रहेको, किताब निशुल्क, होस्टलको निशुल्क व्यवस्था, पोशाकको पैसा नपर्ने, किताब किन्नु नपर्ने लगायतकुराहरु गरी विद्यार्थीलाई प्रलोभनमा पर्ने गरेका छन् । विद्यार्थी फकाउन उनीहरुले आफ्नो सस्थाको नाम भएको कापी,कलमसमेत दिने गरेका छन् भने, कतिपय इन्स्टिच्युटले एसईई मुल्यांकन परिक्षा भन्दै विद्यालयको कक्षा चल्दाचल्दै आफैले परिक्षासमेत लिने गरेका छन् ।

यसरी हरेक दिन हेटौंडाका अधिकांस विद्यालयमा इन्स्टिच्युट संचालक पसेर विद्यार्थीको पढाईमा असर पुर्याइरहदा विद्यालय प्रशासन, सम्बन्धित कुनैपनि सरकारी निकायले यसतर्फ चासो दिएको छैन ।

संचालन अनुमति र आफ्नो नियम भन्दा बाहिर गएर कानुनविपरित विद्यार्थीलाई भ्रममा पार्ने, प्रलोभन देखाउने र विद्यार्थीको पढाईमै असर पुर्याइरहेका इन्स्टिच्युट संचालकलाई कारबाही गर्नुपर्ने अभिभावक संघले बताएको छ ।

‘विद्यार्थीलाई प्रलोभनमा पारेर कक्षा कोठामै पुगी त्यस्ता गतिविधि गर्ने इन्स्टिच्युटलाई कारबाही गर्नुपर्छ, सम्बन्धित निकायलाई हामि ध्यानाकर्षणसमेत गराउछौ, स्थानीय सरकारले यस बिषयमा चासो दिएको छैन, अनुगमन हुनुपर्ने हो तर भएको छैन यसप्रति हाम्रो आपत्ति छ’, अभिभावक संघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले भनिन् ।

उता निजि विद्यालयहरुको छाता संगठन निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले यस विषयमा हामीले रोक्न नमिल्ने बताएको छ । प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदीलाई यस विषयमा हामीले बुझ्दा इन्स्टिच्युट तथा कलेजका संचालकहरु आएर आफ्नो कुरा राख्न पाउने बताए ।

उता हेटौंडा उपमहानगरपालिकाले यस विषयमा कुनै चासो दिएको छैन । यहाँका इन्स्टिच्युट संचालकहरुले पढाइमानै असर पुग्ने गरी विद्यालयमा पसेर भ्रामक प्रचार गर्दासमेत थाहा नपाएझैँ गरेको छ । यस विषयमा हेटौंडा उपमहानगरपालिकामा कुनै जानकारी नआएकाले थाहा नभएको प्रतिक्रिया दिएको छ ।  तत्काल शिक्षा साखा संग समन्वय गरी अनुगमन गर्ने र यस्ता गतिविधि गर्ने उपर कारबाहीको सिफारिस गर्ने र सम्बन्धित विद्यालयलाई कारबाही गरिने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताएका छन् ।


प्रकाशित मिति : शनिबार, २०८० चैत्र ३, १२ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट