Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा लगाइयो पिपीआर खोप, मकवानपुरमा कति ?


हेटौंडा,२० फागुन । बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान अन्तरगत करिब साढे पाँच लाख बाख्रामा खोप लगाइएको छ ।

ADVERTISEMENT

गत १६ गते बुधबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौथोँ दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ वटा बाख्रामा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

प्रदेशका सबै जिल्ला स्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरहरुद्धारा खोप अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

पहिलो दिनको तुलनामा दोस्रो दिनबाट भने हजारौं बाख्राहरुमा खोप लगाइएको तथ्याङ्क रहेको छ । बुधबारबाट सुरु भएको खोप कार्यक्रम शनिबार सम्ममा करिब साढे पाँच लाख बाख्राहरुमा खोप लगाइएको छ । मन्त्रालयले मकवानपुरमा ७५ हजार ६ सय २८ बाख्राहरुमा खोप लगाइएको जनाएको छ ।

ADVERTISEMENT

प्रदेशको काभ्रे जिल्लामा ६४ हजार ६ सय ८८, ललितपुरमा १२ हजार ७ सय ४७, काठमाडौंमा १४ हजार २ सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ वटा बाख्राहरुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, दोलखामा ५६ हजार ९ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार ४ सय ९, रामेछापमा ४४ हजार ५ सय २७, सिन्धुलीमा ६४ हजार २ सय ४२ वटा बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चितवनमा ४० हजार ५ सय ६३, नुवाकोटमा ५४ हजार ५ सय ७, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार ६ सय २५ वटा बाख्राहरुमा पिपीआर खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

हालसम्म भेडाहरुमा भने खोप नलगाइएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै संख्यामा भेडाबाख्राको मृत्यु भएको अवस्था छ ।

जसबाट कृषकले ठुलो मात्रामा नोक्सानी व्याहोर्नु परेकोले पनि विगतको वर्ष झैँ यस वर्ष पनि अभियाननै सञ्चालन गरी खोप लगाउने अभियान सञ्चालन मन्त्रालयले जनाएको छ। खोप अभियान २२ गते सम्म सञ्चालन हुनेछ, हामी करिब १५ लाख भेडाबाख्रामा खोप लगाउने लक्ष्य राखेका मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन २०, १३ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट