Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

पेट्रोलको मूूल्य बढेर आयो


पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।

ADVERTISEMENT

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको निगमले जनाएको छ। डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ। यो नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ। अघिल्लो पटक पेट्रोलमा १३ रुपियाँ ९२ पैसा नाफा रहेको थियो। यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ।

ADVERTISEMENT

निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले निगम अहिले ब्रेक इभन (न नाफा न घाटा)को अवस्थामा रहेको जानकारी दिनुभयो। आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर १, ०७ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट