Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित


काठमाडौँ, ४ फागुन । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

ADVERTISEMENT

 

ADVERTISEMENT

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् ।

 

ADVERTISEMENT

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

 

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

 

यो जितसंगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ ।  यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एशिया कपमा छनौट भएका छन् ।


प्रकाशित मिति : शुक्रबार, २०८० फाल्गुन ४, १५ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट