Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

निर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर चुनावमा धादँली भएको छ’


इस्लामबाद, २७ माघ । पाकिस्तानमा निर्वाचनको मतगणना जारी छ । मतगणनामा पनि धेरै ढिलाइ भइरहेको देखिन्छ ।

ADVERTISEMENT

यसैबीच, पूर्वप्रधानमन्त्री तथा  ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का संस्थापक इमरान खानले विजयी भएको दाबी गरेका छन् । इमरानले एआईमा आधारित आवाजको साथ ‘विजय स्पीच’ को भिडियो सार्वजनिक गरेका छन् । उनले  ‘पाकिस्तान मुस्लिम लिग–नवाज’ (पीएमएल–एन) प्रमुख नवाज शरीफको ‘लण्डन योजना’ असफल भएको बताएका छन् ।

ADVERTISEMENT

इमरान खानको यो भिडियो यस्तो बेला बाहिर आएको हो, जब पाकिस्तानको चुनावमा उनको पार्टीलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारहरू सिट संख्याको आधारमा अगाडि छन्।

स्वतन्त्र उम्मेदवारले ९७ सिट जितेका छन् भने नवाज सरिफको पार्टीले ७२ सिट ल्याएको छ भने बिलावल भुट्टोको पीपीपी ५२ सिटसहित तेस्रो स्थानमा छ । पाकिस्तानमा २६५ सिटमा चुनाव भएको थियो, जसमध्ये २५२ सिटको नतिजा आएको छ । बहुमतका लागि १३३ सिट आवश्यक छ ।

ADVERTISEMENT

पीटीआईका संस्थापकले भिडियोमा भनेका छन्,  ‘मेरो प्यारा देशवासीहरू। धेरै संख्यामा मतदान केन्द्रमा पुगेर आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेर तपाईंले नागरिकको अधिकार प्रयोग गर्ने स्वतन्त्रताको पुनर्स्थापनाको जग बसाल्नु भएको छ । निर्वाचनमा विजयी हुनुभएकोमा सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु। यति ठूलो संख्यामा भोट हाल्नु हुनेमा मलाई पूर्ण विश्वास थियो ।’

उनले अगाडी भने, ‘ ‘तिमीले मेरो विश्वासमा खेर गयौ र निर्वाचनको दिन भएको ठूलो मतले जनतालाई छक्क पारेको छ । लोकतान्त्रिक प्रक्रियामा तपाईको सक्रिय सहभागिताका कारण ‘लण्डन योजना’ असफल भएको छ । नवाज शरीफ थोरै बुद्धि भएका नेता हुन्, जसले आफ्नो पार्टी ३० सिटमा पछाडि परे पनि विजयी भाषण दिन थाले ।’

पूर्वप्रधानमन्त्रीले फेरि चुनावमा धाँधली भएको दाबी गरेका छन् । उनले भने, ‘पाकिस्तानी चुनावमा हुने हेराफेरीलाई कसैले स्वीकार गर्ने छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि यसबारे व्यापक समाचार आएका छन् । फारम ४५ को तथ्याङ्क अनुसार हामी १७० भन्दा बढी राष्ट्रिय सभा सीटहरू जित्ने ट्रयाकमा छौं।’

उनले भने, ‘पाकिस्तानमा प्रजातन्त्र पुनर्स्थापनाका लागि मिति तय गरिएको छ । २०२४ को निर्वाचनमा हामी दुई तिहाई बहुमतले विजयी छौं । तपाईको भोटको शक्ति सबैले देखेका छन् । अब यसलाई बचत गर्न आफ्नो क्षमता देखाउनुहोस्।’


प्रकाशित मिति : शनिबार, २०८० माघ २७, ११ :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट