Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मुलुकलाई निकास दिने गठबन्धन नै हो- छिन्तु


लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र-१ प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी ( छिन्तु) ले मुलुकलाई निकास दिने भनेकै लोकतान्त्रिक बाम गठबन्धनले भएको बताएका छन् ।

ADVERTISEMENT

शुक्रबार बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभारामा आयोजित चनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउने काम गठबन्धनको भएको भन्दै जनताको अधिकार सुनिश्चित गर्ने संविधानलाई नमान्नेहरुलाई भोट दिनु नपर्ने बताए ।

ADVERTISEMENT

उनले जनताले ल्याएको अधिकार स्थापित गर्ने पार्टीहरु मिलेरै गठबन्धन गरेको भन्दै मंसिर ४ मा जसरी पनि गठबन्धनको विजय हुने दावी गरे । चनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिनले आफु जनताकै सेवाका लागि निरन्तर लडिरहेको बताइन । पिछडिएका वर्गको उत्थानका लागि माओवादीको भूमिका अहम् भएकाले मत दिन उनले आग्रह गरिन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक २५, २१ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट