Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

चुरोटको ठुटोबाट सल्किएको आगोले घर खरानी


सोलुखुम्बु, २४ माघ । सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटोबाट सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ।

ADVERTISEMENT

सोमबार बेलुकी नचिनेको मानिसले फालेको चुरोटको ठुटोबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ADVERTISEMENT

चुरोटको ठुटो भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो। ढुङ्गा माटोले बनेको र टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।

यसैबीच आगलागी भएपछि हाम फालेर भाग्ने क्रममा त्यही घरमा कोठा भाडामा लिएर बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन्। घाइते कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ २४, ०८ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट