Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

हेटौंडामा कारखाना समूहको ‘खेल्दै सिक्दै’ कार्यक्रम


हेटौंडा । कारखाना समूहले हेटौंडामा सञ्चालन गरेको ‘खेल्दै सिक्दै टिकप शैक्षिक कार्यक्रम सम्पन्न भएको छ । गैरसरकारी संस्था कारखाना समूहले गत असारदेखि हेटौँडाका १० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरेको हो।

ADVERTISEMENT

खेलका माध्यमबाट विद्यार्थीलाई सिकाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमको औपचारिक समापन फागुन ५ गते गरिने कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धरले सोमबार पत्रकार सम्मेलनमा बताए दिए । उनले खेल्दै सिक्दै कार्यक्रम सफल रहेको समेत बताए।

ADVERTISEMENT

उनका अनुसार खेल्दै सिक्दै कार्यक्रमले विद्यार्थीको रुचि र क्षमता अनुसारको शिक्षण प्रविधिको विकास गर्न सघाएको छ। शिक्षक केन्द्रित पारम्परिक शिक्षण विधिभन्दा खेल्दै सिक्दैले विद्यार्थी केन्द्रित र रुचिकर बनाएको छ।

उक्त कार्यक्रममा हेटौँडाका १० विद्यालयका २० जना शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। कार्यक्रम अन्तर्गत विज्ञान, गणित लगायतका विषयमा खेल्दै सिक्ने गरिएको थियो।

ADVERTISEMENT

कारखाना समूहले यस कार्यक्रमबाट विद्यार्थीमा सामूहिक कार्यको भावना जगाउन, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र आन्तरिक क्षमता प्रदर्शनका लागि प्रेरित गरेको जनाएको छ। यसबाट विद्यार्थीमा खेलेर सिक्ने बानी विकास भएको कारखाना समूहले दाबी गरेको छ।

कारखाना समूहले यस्तै खेल्दै सिक्दै जस्ता कार्यक्रम अब अन्य क्षेत्रमा पनि लैजाने बताएको छ। साथै, खेल्दै सिक्दै कार्यक्रम सफलताका लागि विद्यालय प्रशासन र शिक्षकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

कार्यक्रमको समापन फागुन ५ गते हेटौंडा रिसोर्टमा गरिने छ ।


प्रकाशित मिति : सोमवार, २०८० माघ २२, १८ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट