Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल


हेटौँडा, २१ माघ ।  हेटौँडा उपमहानगरपालिका मकवानपुरका स्थानीय तहहरूमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल भएको छ।  ८८.५ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न १० वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो। शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा, आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन लगायतका क्षेत्रमा उच्च अङ्क प्राप्त गर्न सफल रह्यो।

ADVERTISEMENT

गत वर्षको तुलनामा यस पटक उपमहानगरपालिकाको प्रदर्शनमा सुधार देखिएको छ। जिल्लाका अरू स्थानीय तहहरूमा पनि प्रगति देखिए पनि हेटौँडा शीर्ष स्थानमै कायम रह्यो। जिल्लाका भीमफेदी गाउँपालिकाले ६४.७५ अङ्क, कैलाश गाउँपालिकाले ६१.५ अङ्क, ईन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अङ्क र बाग्मती गाउँपालिकाले ५७.७ अङ्क प्राप्त गरेका छन् । भने ४ स्थानीय लहले अझै सम्म बिवरण बुझाएका छैनन् ।

ADVERTISEMENT

संस्थागत क्षमता स्वमूल्याङ्कनले स्थानीय तहका सबल र कमजोर पक्षहरूको पहिचान गर्न मद्दत पुर्‍याउँछ। यसका आधारमा स्थानीय तहले आफ्नो क्षमता अभिवृद्धिका लागि योजना बनाउन सक्लान्।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भने जिल्लाका १० पालिका मध्य ४ पालिकाले मात्र बिवरण बुझाएका छन् । हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढीगाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाले मात्र बिवरण बुझाएकोमा सबैभन्दा अगाडी हेटौंडा उपमहानगरपालिका नै रहेको छ । ७१ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो।

ADVERTISEMENT

मकवानपुर गढीगाउँपालिकाले ७०.७,  बकैया गाउँपालिकाले ६८.५,  र इन्द्रसरोवर गाउँपालिकाले ४५.५ अङ्क प्राप्त गरेका छन् । प्रदेशभरको नतिजा हेर्दा देशभरकै अगाडी रहेको खैरहनी नगरपालिका ९९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति : आइतवार, २०८० माघ २१, १६ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट