Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

भीमफेदीमा जेष्ठ नागरिकलाई वडा कार्यालयमै स्वास्थ्य जाँचदेखि भत्ता वितरण सेवासम्म


हेटौंडा । भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेमा जेष्ठ नागरिकलाई वडा कार्यालयमा एकीकृत सेवा प्रदान गरिएको छ ।

ADVERTISEMENT

पालिकाले जाडोको समयमा १०३ जना जेष्ठ नागरिकलाई सिरक वितरण गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

ADVERTISEMENT

त्यस्तै उक्त वडामा रहेका शारीरिक रुपमा अशक्त तथा जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको अध्यक्ष लामाले बताए । ‘जेष्ठ नागरिक र अशक्तलाई बैंकसम्म पुग्न समस्या हुने देखेर हामीले बैंकको प्रतिनिधिलाई वडामै बोलाई लगभग ३०० जनाको भत्ता वितरण गरेका छौ ।’ अध्यक्ष लामाले बताए।

ADVERTISEMENT

त्यस्तै पालिकाले जेष्ठ ८३ जना जेष्ठ नागरिकको निशुल्क स्वास्थ परिक्षण समेत गरेको छ ।

स्वास्थ्य परिक्षणमा ७० जनाको सुगर र प्रेसरको जाँच गरिएको छ । त्यस्तै १३ जना जेष्ठ नागरिकको प्रेसरको मात्र जाँच गरिएको छ । जसमध्य ८  जना बिरामीको सुगर प्रेसर सामान्यभन्दा बढी देखिएकाले तत्काल प्रादेशिक अस्पताल हेटौंडा अस्पतालमा जान सल्लाह दिइएको अध्यक्ष लामाले बताए ।


प्रकाशित मिति : मङ्लबार, २०८० माघ १६, ०८ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट