Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

सूर्य चिन्ह ओलीले बेचे, मकवानपुरका एमाले नेताले कम्युनिष्ट भन्न छोडिदिए हुन्छ- मुनु सिग्देल


नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसम्मको प्राप्त उपलब्धी र एमालेको सूर्य चिन्ह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बेचेको बताएकी छिन् ।

ADVERTISEMENT

हेटौंडामा आज अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले अब मकवानपुरका एमाले नेताहरुले कम्युनिष्ट भन्न छोडिदिए हुने बताईन्। ‘संविधान निर्माणार्थ सुझाव संकलनको क्रममा पल्पसा हलमा नेकपा एमालेका नेताहरुलाई व्यवस्था विरोधीहरुले आक्रमण गर्दा रामेश्वर राना लगायतका नेताहरुलाई मीना लामा र म भएर जोगाएका थियौं । मैले मेरो नेतालाई चोट खानबाट जोगाएको थिएँ, आज त्यही नेताको टिकट खोसेर कुर्सी हान्नेलाई केपी ओलीले टिकट दिए । अहिले एमालेका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी भोट मागेर हिंड्न सकेका छन् अचम्म लाग्छ’, सिग्देलले भनिन्, ‘कम्युनिष्टको पगरी गुथेर कमल थापा बोकेर हिंड्नेहरुलाई यस चुनावमा रुखमा छाप लगाएर जवाफ दिनुपर्ने बेला आएको छ ।’

ADVERTISEMENT

९ पटक निर्वाचन चुनाव उठेर पटक पटक मन्त्री समेत हुँदा समेत जिल्लाको विकासमा सिन्को नभाँचेका दमनकारीलाई एमालेले बोकेर हिंडेको भन्दै उनले मुलुकको आन्दोलन र प्राप्त उपलब्धीको विरुद्धमा जानेहरुलाई ठेगान लगाउने बेला आएको बताइन् ।

मकवानपुरमा एमालेले एउटा पनि सिट जित्न नसक्ने दावी गर्दै उनले गठबन्धन दल एकढिक्का रहेको बताइन् । ‘मकवानपुरको क्षेत्र नम्बर १ र प्रदेशसभा ‘ख’ मा हामी सबैको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली नै हो’, उनले भनिन्, ।

ADVERTISEMENT

उनले मुलुकलाई जोगाउने हो भने गठबन्धनले जित्न जरुरी रहेको उनले बताईन् ।


प्रकाशित मिति : बिहिबार, २०७९ कार्तिक २४, १८ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट