Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

मधेशको मरुभूमिकरण र युवा शक्ति विदेश पलायनले पूर्वराजा चिन्तित


बिरगञ्ज, १३ वीरगंज । वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।

ADVERTISEMENT

नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’

ADVERTISEMENT

उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । भने, ‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् ।

ADVERTISEMENT

उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।


प्रकाशित मिति : शनिबार, २०८० माघ १३, १७ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट