Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णय


हेटौंडा । बागमती प्रदेशको बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा विभिन्न निर्णय गरेको छ ।

ADVERTISEMENT

बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० लाई स्वीकृत गरेको छ। यसैगरी, चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० लाई पनि स्वीकृति दिएको छ।

ADVERTISEMENT

बैठकले बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति, २०८० र शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० लाई पनि स्वीकृत गरेको छ।

यस्तै, सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० माघ ११, २० :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट