Techie IT
Hetauda Khabar

राष्ट्रियसभा निर्वाचन : भोट हाल्नै जान्दैनन् बागमतीका जनप्रतिनिधि


हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेश अन्तर्गतको निर्वाचन बिहीबार हेटौंडामा सम्पन्न भएको छ । निर्वाचनमा गठबन्धन तर्फका उम्मेदवारले जीत हात पारेका छन् । जनप्रतिनिधि मात्र सामेल हुने उक्त निर्वाचनमा भने मत बदर व्यापक देखिएको छ ।

प्रदेश सभाका सांसद र स्थानीय तहका मेयर उपमेयर मात्र सामेल हुने उक्त निर्वाचनमा जनप्रतिनिधिकै मत बदर भएको हो।जनप्रतिनिधिहरुमै मतदाता शिक्षाको कमि देखिन्छ । बिहीबार भएको मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए ।

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका थिए भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।

अन्य समुहमा भएको मतदानमा ३ मत बदर भएको छ । जसमा प्रदेश सभा सदस्यले खसालेको २ मत बदर भएको छ भने स्थानीय तहका जनप्रतिनिधिले १ मन बदर गरेका छन् ।

त्यस्तै अपाङ्गता भएका ब्यक्ति वा अल्पसंख्यक समुह तर्फ ५ मत बदर भएको छ । जसमा प्रदेश सभा सदस्यले १ र स्थानीय तहका जनप्रतिनिधिले खसालेको ४ मत बदर भएको छ ।

महिला समूहमा भएको मतदानमा ३ वटा मत बदर भएको हो । महिलातर्फ प्रदेशसभाका १ जना सांसदको मत बदर भएको छ भने स्थानीय तहतर्फ २ जनाको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै दलित समुहमा सबै भन्दा बढि मत बदर भएको छ । जसमा प्रदेशसभाका ७ जना सांसदको मत बदर भएको छ भने स्थानीय तहतर्फ २ जना गरि ९ मत बदर भएको छ ।
सबै समूह गरि २० मत बदर भएका छन् । जसमा प्रदेशसभाका ११ जना सांसदको मत बदर भएको छ भने स्थानीय तहका जनप्रतिनिधि तर्फ ९ जनाको मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयको तथ्यांकमा उल्लेख छ ।

निर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी)का घनश्याम रिजाल निर्वाचित भएका छन् ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट