Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

भीमफेदी बालगृहलाई सहयोग


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहमा पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न सहयोग गरेको छ ।
हेटौँडा उपमहानगरपालिका २ मा रहेको पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न अभाव झेल्दै आएका भीमफेदी बालगृहका बालकका लागि बुधबार बालगृह पुगेर सहयोग प्रदान गरेको हो ।

ADVERTISEMENT

उपभोक्ता समितिले समितिमा रहेको बचतबाट आएको व्याज रकमबाट चामल, दाललगायतका खाद्यान्न बालगृहमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि सहयोग गरिएको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले बताईन् ।

ADVERTISEMENT

उनका अनुसार बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न ३० हजार रुपियाँ बराबरको सहयोग गरिएको छ ।

उपभोक्ता समितिले दैनिक उपभोग्यका सामग्रीहरु नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो ।

ADVERTISEMENT

बालगृहमा हाल १४ जना बालक रहेका छन् । बाल गृहमा आश्रित बालिकाहरुलाई अन्यत्र रहेको बालगृहमा पठाइएको जनाइएको छ ।


प्रकाशित मिति : बुधबार, २०८० माघ १०, १९ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट