Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

छैठौं बागमती गोल्डकप फागुन १ गतेदेखी सुरु हुने


हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन १ गतेबाट छैठौं संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।

ADVERTISEMENT

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने सोमबार बागमती गाउँपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

ADVERTISEMENT

बागमती–८ स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा एक विदेशी टिमदेखि ६ वटा “ए” डिभिजन क्लब र ३ वटा मोफसलको गरि १० वटा क्लबहरूको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले बताए।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।

बागमती गोल्ड कपको पहिलो उपाधि हरिहरपुरगढीले, दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लबले हात पारेको थियो ।

प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पारेको थियो । त्यस्तै पाचौं संस्करणको उपाधी भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले हात पारेको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० माघ ८, १६ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट