Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

आज हेटौंडा आउदै पूर्वराजा ज्ञानेन्द्र शाह


हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार मकवानपुरको हेटौंडा आउने भएका छन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउने भएका हुन् ।

ADVERTISEMENT

पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

ADVERTISEMENT

उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन् । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर सोही काठमाडौं फर्किने कार्यतालिका रहेको प्रवक्ता डोटेलले बताए ।

मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० माघ ७, ०७ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट