Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको भैँसे–भिमफेदी सडक चैतसम्ममा निर्माण सम्पन्न हुन्छ– मुख्यमन्त्री जम्कट्टेल


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा काठमाडौँ जोड्ने छोटो दुरीको मार्गको भैँसे–भिमफेदी खण्डको निर्माण कार्य चैत भित्रमा सम्पन्न हुने बताएका छन् ।

ADVERTISEMENT

बिहिबार प्रदेशको राजधानी हेटौंडा र काठमाडौँ जोड्ने भैँसे–भिमफेदी सडक खण्डको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अबको तीन महिनाभित्रमा सो खण्डको सडक निर्माण सम्पन्न हुने बताएका हुन् ।

ADVERTISEMENT

११.५१ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डको निर्माण कार्य थुप्रै जटिलतालाई समाधान गर्दै सडक पिच गर्ने काम भइरहेको उनले बताए । हेटौंडा–काठमाडौँ प्रदेश लोकमार्ग अन्तर्गत भैँसे–भिमफेदी ९११.५ कि.मि. सडक खण्डको निर्माण कार्यमा भइरहेको उनको भनाइ छ ।

डबल लेनमा सडक निर्माणको कामलाई आफूले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले बताए । सो सडक निर्माण जग्गा प्राप्ति लगायत थुप्रै समस्या समाधान गर्न प्रदेश सरकारले भूमिका खेलेको उनले बताए । अझै केहि समस्या समाधान हुने क्रममा रहेकाले चैत भित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको उनको भनाई छ ।

ADVERTISEMENT

सडकको अनुगमन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताए । भैँसे–भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै उनले अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको बताए ।

उनका अनुसार सडक चौडा र टेवा पर्खाल, ड्रेन सहितको निर्माण कार्य करिब ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको उनको भनाई छ ।

सुरु गरिएको भीमफेदी सडक संघीय राजधानी र तराई जोड्ने छोटो दुरीको मार्गको रुपमा रहेको छ । यातायात पूर्वाधार निर्देशनालय मार्फत ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सो सडक खण्डको निर्माण कार्य सम्झौता भइ काम भइरहेको छ। उक्त सडकमा पर्ने ५ पुलमध्ये ४ वटा निर्माणाधीन अवस्थामा रहेका छन् भने एउटा पुल निर्माण सम्पन्न भइसकेको छ ।

२०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप भएकोमा हाल सडक निर्माणको काम अन्तिम चरणमा रहेको छ । सो सडक खण्डको निर्माणका लागि कार्यालयले ६३ करोड ७० लाख ६५ हजार ४४७ रुपैयाँ लागत अनुमान गरेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०८० माघ ४, ११ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट