Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडा उपमहानगरले जित्यो अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि


हेटौंडा । सहिद रुद्र पाख्रीन,बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरले जितेको छ ।

ADVERTISEMENT

मकवानपुरगढी गाउँपालिका वडा नम्बर(३ मक्रान्चुलीमा रहेको भानु मिनिपिच ९फुटसल० मा सोमबार९आज० सम्पन्न भएको फाइनल खेलमा मकवानपुरगढी खेलकुद विकास समितिलाई ७(४ को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाको टिमले उपाधी जित्न सफल भएको हो ।

ADVERTISEMENT

उपाधीसंगै हेटौंडाले १ लाख २५ हजारसहित सिल्ड हात पारेको छ । त्यस्तै उपविजेता मकवानपुरगढीले ७५ हजार जितेको छ ।

खेलमा बेष्ट गोलकिपर हेटौंडाका सुजन लामा भएका छन् ।त्यस्तै मकवानपुरगढीका सुजन बोम्जन १५ गोल सहित सर्वाधिक गोलकर्ता , हेटौंडाका समिरराज थोकर बेस्ट प्लेयर र मकवानपुरगढीका दुर्लभ दुलाल उदयमान खेलाडीको रुपमा पुरस्कृत भएका छन् ।

ADVERTISEMENT

मकवानपुरगढी गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका, बाग्मती गाउँपालिका र थाहा नगरपालिका गरि ४ वटा पालिकाका ७ ओटा टिमले प्रतियोगितामा भाग लिएका थिए ।

शनिबारदेखि ३ दिनसम्म संचालन भएको खेलको समापन कार्यक्रममा प्रमुख अतिथि एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रमकै अवसरमा सहिद रुद्र बहादुर पाख्रीन र बासुदेव घिमिरेको परिवारलाई सम्मान गरिएको थियो । मकवानपुरगढी ४ निवासी स्वर्गीय पाख्रीन १० बर्षे सशस्त्र आन्दोलनका सहिद हुन भने मकवानपुरगढी ५ निवासी घिमिरे जन आन्दोलन २०६२(६३ का सहिद हुन् ।


प्रकाशित मिति : सोमवार, २०८० माघ १, १९ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट