Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौँडाको सडक विस्तारमा राजनीति नगर्नुसः मुख्यमन्त्री जम्कट्टेल


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार विस्तारको विषयमा राजनीति नगर्न अनुरोध गरेका छन् ।

ADVERTISEMENT

लामो समयदेखि विवादको विषय बन्दै आइरहेको सडक विस्तारको विषयलाई राजनीतिकरण हुँदा हेटौँडाको विकासमा समेत समस्या परेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले यो विषयलाई अब अतिरञ्जित गर्न नहुने बताए ।

ADVERTISEMENT

शनिवार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक दलहरूले सडकलाई मुख्य केन्द्रबिन्दु बनाएर राजनीतिक गरेको भन्दै यो विषयले हेटौँडाको हित नहुने दाबी गरे ।

हेटौँडामा निर्माण सुरु भएको बाइपास सडकको भविष्यमा प्रश्न गर्दै मुख्यमन्त्री जम्कट्टेलले खोलाको बगरमा निर्माण गर्न लागिएको बाइपासको स्थायित्व काठिन रहेको बताए ।

ADVERTISEMENT

बाइपास नै बनाउने भए हेटौँडाको पदम पोखरी क्षेत्रबाट बनाउनु पर्नेमा उनको जोड थियो । भिमफेदी कुलेखानी सुरुङमार्ग निर्माण नहुनुमा पनि राजनीतिक चलखेलकै कारण रहेको उनले दावी गरे ।

‘अहिले व्यवसायी, मन्त्री, नेताहरू सबै निराशा भएको देख्छु । तर निराशा नभएको सम्मानीय प्रधानमन्त्री मात्र देख्छु,’ उनले भने ।

उद्योग वाणिज्य संघले अब कृषकहरूलाई पनि सदस्य बनाएर कृषि पेसालाई प्रमोसन गर्नुपर्ने बताए ।

संघले बागमती प्रदेशको सबै जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई बजारीकन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।


प्रकाशित मिति : आइतवार, २०८० पुस २२, ११ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट