Techie IT
  • १९ वैशाख २०८३, शनिबार
Hetauda Khabar
  • १९ वैशाख २०८३, शनिबार

आजको मौसम : आज तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगमा हिमपातको सम्भावना


तराई–मधेसका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोसम्मै रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० पुस १६, १२ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट