Techie IT
  • २७ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २७ फागुन २०८२, बुधबार

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु


बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

ADVERTISEMENT

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । प्रदर्शनमा घाइते भएका अर्का युवकको अवस्था चिन्तजनक रहेको छ ।

ADVERTISEMENT

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।


प्रकाशित मिति : शुक्रबार, २०८० पुस १३, १४ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट