Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

हेटौंडाको हुप्रचौरमा सडक खाना महोत्सव हुँदै


हेटौंडा । हेटौंडामा तीन दिने सडक खाना महोत्सव हुने भएको छ ।

ADVERTISEMENT

हेटौंडामा आगामी पुस १३, १४ र १५ गते तीन दिने सडक खाना महोत्सव हुने भएको हो । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा हुन लागेको उक्त महोत्सवको तयारी तीव्र पारिएको छ ।

ADVERTISEMENT

शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक तथा एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले वर्ष २०२४ को स्वागतका लागि “सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी दिए।

कोभिडका कारण विगत २०७६ देखि यो महोत्सव गर्न नसकिएको उल्लेख गर्दै महर्जनले यसपटक भने हुप्रचौर क्षेत्रमा गर्न लागिएको बताए। महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग रहेको छ।

ADVERTISEMENT

महोत्सवमा ४० वटा खाना स्टल सहभागी हुनेछन्। आयोजकको अनुमानअनुसार करिब ३० हजार दर्शक महोत्सवमा सहभागी हुनेछन्। स्थानीय खाना तथा कलाकारको प्रस्तुती महोत्सवका विशेषता हुने आयोजकले बताए । यो १०औं सडक खाना महोत्सव हो।


प्रकाशित मिति : शुक्रबार, २०८० पुस ६, १३ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट