Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

आजदेखि हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव


हेटौंडा । मकवानपुरको हेटौंडामा आजदेखि वृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडा–१० स्थित टिसियन चौरमा आजबाट महोत्सव सुरु हुन लागेको हो ।

ADVERTISEMENT

मेलामा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका, लत्ताकपाडा, भाडाकुडा लगायतका किनमेलका करिब २ सय ६० वटा स्टल रहने आयोजक खेलकुद विकास समिति मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

मेलामा महिला र पुरुष छुट्टाछुटै विभिन्न १३ विधामा बागमती प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा उसु, भलिबल, कबड्डी, कराँते, आर्चारी, रेस्लिङ, कुस्ती, क्रीकेट, फुटबल लगायतका खेलहरु हुनेछ ।

महोत्सवमा बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत हुने आयोजकले जनाएको छ । मेला पुस १७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० पुस ५, १२ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट