Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडामा रहेको मानवसेवा आश्रमको मुख्य भवन उद्घाटन


हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा मकवानपुरको हेटौंडामा रहेको मानवसेवा आश्रमको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ।

ADVERTISEMENT

लगभग १० वर्षदेखि भाडाको घरमा रहेको मानवसेवा आश्रमले हाल हेटौंडाको लामसुरेधाममा आफ्नो मुख्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरेको हो।

ADVERTISEMENT

वि.सं. २०६९ सालमा हेटौंडा ५ अब्बलडाँडाबाट दुई तल्ला घर भाडामा लिएर सेवा सुरु गरेको मानवसेवा आश्रम विगतमा हेटौंडाका विभिन्न स्थानमा भाडाका घरहरुमा सर्दै आएको थियो।

संस्थामा सहयोगीहरूको संख्या बढ्दै गएपछि २०७१ सालमा लामसुरेधाममा भवन निर्माणको काम सुरु गरिएको थियो।

ADVERTISEMENT

लगभग १४ करोड रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो। यसका लागि विभिन्न सहयोगीहरूको आर्थिक सहयोग रहेको आश्रमले जनाएको छ ।

भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा पनि अझै ८६ लाख ६० हजारभन्दा बढी रकम अपुग रहेको मानवसेवा आश्रमले जनाएको छ।

मानवसेवा आश्रम घरपरिवारविहीन सडक आश्रित मानवहरूको उद्धार, उपचार र संरक्षणका लागि समर्पित गैरनाफामूलक सामाजिक संस्था हो ।


प्रकाशित मिति : शनिबार, २०८० मंसिर ३०, १० :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट