Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हमासले रिहा गर्‍यो थप १७ जना बन्धक, विपिनको अवस्था के छ ?


हमासले बन्दी बनाएका थप १७ जना रिहा भएका छन्। रिहा हुनेमा १३ इजरायली र ४ थाईल्याण्डका नागरिक रहेका छन्। बदलामा इजरायलले ३९ प्यालेस्टाइनी नागरिकलाई कैदमुक्त गरेको छ।

ADVERTISEMENT

इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ। युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

ADVERTISEMENT

हमासले दोस्रो दिन १३ इजरायली र ४ जना थाई नागरिकलाई रिहा गर्दा पनि नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन्। नेपालले उनलाई छुटाउन पहल गरिरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० मंसिर १०, ०९ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट