Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

जुवा खेलिरहेको अवस्थामा हेटौंडाबाट १८ जना पक्राउ


जुवा खेलिरहेको अवस्थामा हेटौंडाबाट १८ जना पक्राउ छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका-६ चौघडा स्थित ध्रुब राइको घरमा जुवा खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुको साथबाट १७ थान कौडा, ३१ हजार ८ सय २० रुपैंया नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

बिशेष सुचनाको आधारमा चौघडा प्रहरी चौकीबाट गएको टोलीले च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना पुरुष गरी  १८ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०७९ कार्तिक १२, ११ :२६ बजे
ट्याग : #पक्राउ

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट