Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

पथलैयामा दुर्घटना, हेटौंडाकी मगरको मृत्यु


बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

ADVERTISEMENT

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी होमालाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक ११, २० :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट