Techie IT
  • १२ फागुन २०८२, मंगलबार
Hetauda Khabar
  • १२ फागुन २०८२, मंगलबार

हेटौंडा सडक विस्तार- उद्योग वाणिज्य संघले विरोध गर्ने, सडक डिभिजन भन्छ कुनैपनि हालतमा यसपाली विस्तार हुन्छ


हेटौंडा सडक विस्तारमा मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाउने भएको छ ।

ADVERTISEMENT

डिभिजन सडक कार्यालय हेटौंडाले २५ गज सडक सिमा भित्र परेका घरटहरा तथा संरचना हटाउन ३५ दिने सूचना निकालेपछी आज बसोबास संरक्षण समितिको हेटौंडामा बैठक बसेको थियो ।

ADVERTISEMENT

मकवानपुर उद्योग बाणिज्य संघले नेतृत्व गरेको समितिले सडक कार्यालयले निकालेको सूचना व्यवसायीको हकहित विपरित भएको भन्दै यहाँका सम्पूर्ण व्यवसायीहरुलाई भेला पारेर यसको विरोध गर्ने जनाएको छ ।

सरकारले व्यवसायीको उठिबास लगाउन पाउदैन, हामि यसको विरोध गर्छौं समितिका संयोजक एबम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताए ।

ADVERTISEMENT

समितिको आज बसेको बैठकले सम्पूर्ण व्यवसायीलाई भेला गराउने, राजनीतिक दल, प्रशासनलगायतलाई ध्यानाकर्षण गराउने र सरकारले जबर्जस्ति गर्न खोजे विरोध गर्ने निर्णय भएको उनले बताए ।

यसअघि पनि २५ मिटर सडक विस्तार गर्दा उद्योग वाणिज्य संघले विरोध गरेको थियो । यहाँका राजनीतिक दलका नेता र ठुला उद्योगि,व्यापारीको घर सडक सीमाभित्र पर्ने भएकाले पनि हेटौंडा बजार क्षेत्र भत्किन सकेको थिएन । तर यसपटक भने सर्वोच्च अदालतको आदेशलाई टेकेर सडक डिभिजन कार्यालयले ३५ दिने सुचना निकालेको छ ।

सर्वोच्च अदालतको २०७८-०९-१९ को उत्प्रेषण आदेशमा २५/२५ गज (७५/७५ फिट) भित्र पर्ने संरचना भत्काउन मिल्ने उल्लेख छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ ।

उता सडक डिभिजन कार्यालयले भने सडक विस्तारको मामलामा कुनैपनि हालतमा आफुहरु पछी नहट्ने बताएको छ । जुनसुकै संघ सस्थाले बिरोध जनाएपनि सडक सिमा भित्र व्यक्तिले कुनैपनि संरचना बनाउन पाइदैन, नियम कानुन सबैले मान्नु पर्छ, हेटौंडामा सडक विस्तार हुन्छ हुन्छ, सडक कार्यालयले बताएको छ ।

“हामीले कसैको घर,संरचना भत्काउन चाहेका हैनौं, मापदण्ड बाहिरका संरचना हटाउन आग्रह गरेका हौँ, यो सबैमा लागु हुन्छ मान्नै पर्छ, यसपाली सडक बिस्तार भएरै छाड्छ”,  डिभिजन सडक कार्यालयका सुचना अधिकारी यादव सुबेदीले बताए ।

२५ मिटर सडक विस्तारको विरुद्द परेको रिटमा अदालतले २५ गज सडक विस्तार गर्न पाइने र त्यसभन्दा बढी लिन परे मुवाब्जा दिनुपर्ने आदेश गरेको छ । सोही आदेश अनुसार सडक कार्यालयले आइतबार २५ गज सडकसिमा भित्र परेका संरचना हटाउन सुचना जारी गरेको हो ।


प्रकाशित मिति : आइतवार, २०८० असार १०, २० :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट