Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुनचाँदीको मूल्य बढ्यो


आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० असार १०, १२ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट