Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा तनाव भएपछी प्रहरी परिचालन


हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक पुरन बहादुर जोशीले सोमबार एक अभिभावकमाथि दुव्र्यवहार गरेको विषयमा क्याम्पस परिसरमा तनाव सृजना भएको छ ।

ADVERTISEMENT

पैसाका कारण कक्षा १२ मा अध्ययनरत युनिश श्रेष्ठको परिक्षा नरोक्न उनका बुवा झुलेन्द्र श्रेष्ठले आग्रह गर्दा जोशीले झपारेको भिडिओ सामाजिक संजालमा बाहिरिएको थियो । पूरा शुल्क तिर्न नसक्ने बताएपछि सञ्चालक जोशी उनीमाथि जाइलागेको भिडिओमा देखिन्छ ।

ADVERTISEMENT

सोहि विषयमा अभिभावक, विद्यार्थीका आफन्त र क्याम्पस प्रशासनविच छलफल गर्ने भनिएको थियो । छलफलमा जोशी कोठा बाहिर ननिस्किने, केहि व्यक्तिसंग मात्र कोठा भित्र छलफल गर्ने बताएपछी विद्यार्थीका आफन्त तथा उपस्थित अभिभावक आक्रोशित बनेका थिए ।

उपस्थित दुई पक्षविच हात हालाहालसमेत भएको थियो । क्याम्पसमा तनाव उत्पन्न भएपछी प्रहरीसमेत परिचालन गरिएको छ । अहिले अभिभावक र क्याम्पस प्रशासनविच छलफल चलिरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० बैशाख २७, १४ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट