Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडाको चुरेहिल अस्पतालमा फेरि भेटियो म्याद गुज्रिएको औषधि


हेटौंडाको चुरेहिल अस्पतालमा पुनः म्याद सकिएको औषधि फेला परेको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका ११ मा रहेको चुरेहिलमा औषधि ब्यवस्था विभाग बिरगंजको अनुगमन टोलीले म्याद गुज्रिएको औषधि फेला पारेको हो । अस्पतालको फार्मेसीमा औषधिको विवरण नराखेको, खरिद बिल नभएको, पसलमा भएको औषधि बिरामीलाई उपलब्ध नगराएकोलगायतका कमजोरी फेला परेको हो ।

ADVERTISEMENT

फार्मेसीमा यसअघि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले ५ वर्षदेखि म्याद गुज्रिएको औषधि फेला पारेको थियो । साथै फार्मेसी बिना दर्ता संचालन गरेकोसमेत भेटिएको थियो । अनुगमन भएपछी फार्मेसीले गत १६ गते औषधि ब्यवस्था विभागबाट अनुमति पत्र ल्याएको छ ।

प्रशासनले ताला लगाएको फार्मेसी अनुमति पत्र ल्याएपछी शुक्रबार साझ खोलिएको छ । तर औषधि पसलमा म्याद गुज्रिएको औषधिबारे भने प्रशासनले कुनै कारबाही गरेको छैन ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ चैत्र २०, १४ :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट