Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर गोल्डकप- यसपालीको बुलेट बाइक मनाङका दिप कार्कीलाई


हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सर्वोत्कृष्ट खेलाडी  मनाङ मर्स्याङदी क्लबका कप्तान तथा गोलकिपर दीप कार्की घोषित भएका छन् । उनले गोल्डकपको आकर्षक विधाको रुपमा रहेको बुलेट बाइक प्राप्त गरेका छन् ।

ADVERTISEMENT

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल प्रिन्सीपल पुरनबहादुर जोशीले कार्कीलाई हस्तान्तरण गरेका थिए । बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो ।

ADVERTISEMENT

खेलको उत्कृष्ट डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड हिमालयन शेर्पाका योउमी र प्रशिक्षकमा मनाङका किरन श्रेष्ठ उत्कृष्ट घोषित भएका थिए । उनीहरुलाई ट्रफि सहित जनही २५–२५ हजार नगद प्रदान गरिएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ फाल्गुन १०, १९ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट