Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडाको ज्ञानोदय विद्यालमा गायन प्रतियोगिता, नवोदयका चिराग प्रथम


हेटौंडा–५ मा रहेको ज्ञानोदय बालवाटिका आवासीय विद्यालयको आयोजनामा भएको विद्यालयस्तरीय एकल गायन प्रतियोगितामा नवोदय शिशु सदन विद्यालयका चिराग डंगोल प्रथम भएका छन् ।

ADVERTISEMENT

१३ जना प्रतिस्पर्धीलाई पछि पार्दै डंगोल प्रथम भएका हुन् । प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयका सुजैना गहतराज द्वितीय, ज्ञानोदय बालवाटिका आवासीय विद्यालयकी आयुष्मा उप्रेती तृतीय भएको प्रतियोगिताका निर्णायक पूर्णविक्रम अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगितामा बालज्योति माविकी सुनिता बल, जेम्स विद्यालयका जेनिशा बर्तौला र मनहरी गाउँपालिकाको युनाइटेड बोर्डिङ स्कूलका शोभित खड्का सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमश : नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । भीम विरागको स्मृतिमा विद्यालयले पहिलो पटक गायन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा गायक कृष्णगोपाल सिंह र म्युजिक कम्पोजर पूर्णविक्रम अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

ज्ञानोदय बालवाटिका आवासीय विद्यालयका प्रिन्सिपल श्याम कुमार बानियाँले गायन प्रतियोगितालाई हरेक वर्ष आयोजना गरिने बताए । विद्यालयका प्रिन्सिपल बानियाँको अध्यक्षता तथा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुशील घिमिरे, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०७९ फाल्गुन ६, २१ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट