Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

नवौँ राष्ट्रिय खेलकुदमा ८५ स्वर्णसहित आर्मी शीर्ष स्थानमा


गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ।

ADVERTISEMENT

नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो। आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ।  दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ।

ADVERTISEMENT

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात पार्दै तेस्रो स्थानमा छ। गण्डकी प्रदेशले १६ स्वर्ण १५ रजत र ३० कास्यसहित ६१  पदक हात पार्दा बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित कुल ७४ पदक जितेको छ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्य सहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्य सहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र ११९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण  १६ रजत र ३२ कास्य सहित ४९ पदक जितेका छन्।

ADVERTISEMENT

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य सहित ३७  र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित ६ पदक हात पारेको छ। असोज २८ बाट औपचारिक उद्घाटन भएको खेलको भोलि समापन हुनेछ। प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोली सहभागी छन्।


प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक २, ०७ :४५ बजे
ट्याग : #खेलकुद, #राष्ट्रिय खेलकुद

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट