Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित


काठमाडौँ, २७ माघ । नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

ADVERTISEMENT

हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्बाधिक ४० रन बनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।

ADVERTISEMENT

यसअघि पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउदै ९३ रन बनाएको थियो ।

यो जितसहित नेपालले समुह डी मा विजयी शुरुवात गरेको छ ।  अब नेपालले दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० माघ २७, ११ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट