Techie IT
Hetauda Khabar

भारतविरुद्ध नेपालको सानदार जित


भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित हात पारेको हो । दुवैले अविजित अर्धशतक बनाए ।

यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । पहिलो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २-१ ले पछि छ ।

ओपनरद्वय बिनिता र मनकेशीले अविजित एक सय ७४ रनको साझेदारीसँगै भारतले दिएको एक सयय ७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा विना विकेटको क्षति पूरा गरेको हो । बिनिताले ७८ र मनकेशीले ७५ रन बनाए ।

यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धाीरत ओभरमा चार विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो ।

भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । सुनिता श्राथेले अविजित ३१ तथा सुस्मा पटेल र रभान्नीले समान १४ रन जोडेका हुन् । बलिङमा नेपालका बिनिता पुनले दुई तथा सरिता घिमिरे र निशा गौराले एक एक विकेट लिए। चौथो खेल बिहीबार हुनेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट