Techie IT
  • २० वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • २० वैशाख २०८३, आईतबार

अष्ट्रेलियाले विश्व च्याम्पियन बनेपछि कति पायो पुरस्कार ?


अस्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । टोलीले फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बनेको हो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनल खेलमा अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भारतले दिएको २४१ रनको लक्ष्य भेट्टाएको थियो ।

ADVERTISEMENT

विश्वकप जित्दा अस्ट्रेलियाली टोलीले लगभग ५३ करोड रुपैयाँ (४ मिलियन अमेरिकी डलर) पुरस्कार पाएको थियो भने फाइनलमा पराजित हुँदै भारतीय टोलीले २६ करोड ६० लाख बढी रुपैयाँ (२ मिलियन अमेरिकी डलर)मा चित्त बुझायो ।

ADVERTISEMENT

सेमिफाइनल हारेर बाहिरिएका न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले समान १० करोड ६५ लाख रुपैयाँ (८ लाख अमेरिकी डलर) पाएका छन् ।

लिग चरणबाट बाहिरिने प्रत्येक टोलीले एक करोड ३३ लाख रुपैयाँ (एक लाख डलर) पाएका छन् ।  विश्वकपको लिग चरणबाटै बाहिरिएका पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, इङ्ल्यान्ड र नेदरल्याण्ड्सले एक करोड ३३ लाख रुपैयाँ पाएका छन् । यसबाहेक प्रतियोगितामा सहभागी सबै टोलीले प्रत्येक जित वापत करिब ५२.८ लाख रुपैयाँ (४० हजार डलर) प्राप्त गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, ११ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट