Techie IT
  • ४ चैत्र २०८२, बुधबार
Hetauda Khabar
  • ४ चैत्र २०८२, बुधबार

हेटौंडामा “वन ट्राइब राइड”, १५० भन्दा बढी राइडरको सहभागिता


रोयल इनफिल्डको विश्वव्यापी राइडिङ समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिने ‘वन ट्राइब राइड’ कार्यक्रम यस वर्ष मकवानपुरको हेटौंडामा भव्य रूपमा सम्पन्न भएको छ।

ADVERTISEMENT

उक्त कार्यक्रम ओम अटोमोबाइल हेटौंडाको आयोजनामा सम्पन्न गरिएको हो। कार्यक्रममा १५० भन्दा बढी उत्साही राइडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ADVERTISEMENT

राइड हेटौंडास्थित ओम अटोमोबाइल्सको शोरूमबाट सुरु भई ऐतिहासिक स्थल मकवानपुर गढीसम्म पुगेको थियो। सामूहिक भेटघाटपछि राइडरहरू पुनः हेटौंडा फर्किएका थिए।

राइडको समापन हेटौंडा रोसोर्टमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो। कार्यक्रममा सहभागी राइडरहरूबीच अन्तरक्रिया, धन्यवाद मन्तव्य तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सम्पन्न भएका थिए।

ADVERTISEMENT

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको प्रवर्द्धन गर्नुका साथै राइडर समुदायबीच आपसी मित्रता, भाइचारा र एकताको भावना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। राइडभरि सहभागीहरूले ट्राफिक नियमहरूको पालना गर्दै अनुशासित रूपमा यात्रा गरेका थिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण राइडरहरू, समर्थकहरू तथा सम्बन्धित निकायप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।


प्रकाशित मिति : बुधबार, २०८२ चैत्र ४, ११ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट