Techie IT
Hetauda Khabar

महेश बस्नेत बारा आउने भएपछी सिमरा तनाबग्रस्त, विमानस्थलको गेट तोडफोड


नेकपा (एमाले) का महासचिव नेता शङ्कर पोख्रेल र नेता महेश बस्नेत बारा आउने भएपछी बाराको सिमरा तनाबग्रस्त बनेको छ ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन एमाले नेताहरु आउने भएपछी जेन्जी युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलको गेट तोडफोड भएको छ भने एमाले कार्यकर्तासँग झडप समेत भएको छ ।

युवा समूहले नेताहरू सिमरा विमानस्थलमा अवतरण गरेर सडक मार्ग हुँदै परवानीपुर जाने सूचना पाएपछि विमानस्थल चोकमा जम्मा भएर नारा–जुलुससहित विरोध प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीले “शङ्कर–महेश फिर्ता जाऊ, सिमरा छोडेर जाऊ” जस्ता नारा लगाएका थिए । केही बेरमै प्रदर्शनकारी र एमाले निकटका नेता–कार्यकर्ताबिच हात हालाहाल र झडप समेत भएको थियो ।

स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट