Techie IT
  • २८ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २८ फागुन २०८२, बिहीबार

हेटौंडाको नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयको लापरबाही, परिक्षा दिई सकेपछि रद्द


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको हेटौंडा–६ गौरीटार स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा चरम लापरबाही हुने गरेको छ ।
पहिलेदेखि नै कर्मचारीहरुको मनलाग्दी, अनियमितता र शिक्षा जस्तो संवेदनशील कुरामा हदैसम्मको लापरबाहीका कारण बेलाबेला विवाद आइरहने नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा पुनः विवाद उत्पन्न भएको छ ।

ADVERTISEMENT

शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा विद्यार्थीले परिक्षा दिएर बाहिर निस्किएपछी रद्द गरिएको छ । परीक्षामा पुरानो प्रश्नपत्र वितरण भएको पाइएपछि आइतबारको सबै परीक्षा रद्द गरिएको हो ।

ADVERTISEMENT

केन्द्राध्यक्ष र बाह्य सहायकको लापरवाहीका कारण विद्यार्थीलाई पुरानो प्रश्नपत्र वितरण भएको बताइएको छ । पुरै समय परीक्षा दिएर बाहिर निस्किसकेपछि मात्र परीक्षा रद्द भएको जानकारी पाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् ।  परीक्षा सकिएपछी परीक्षा रद्द गरिएको भन्दै उनीहरूले नाराबाजी गर्दै परीक्षा केन्द्र परिसरमै प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले आफूहरूले दिएको परीक्षालाई मान्यता दिनुपर्ने माग राखेका छन् । विद्यार्थीहरूले परीक्षा सूचनासमेत ढिलो पाएको र परीक्षा सकिएपछि मात्र परीक्षा रद्द गरिएको जानकारी दिनु अन्यायपूर्ण भएको बताएका छन् ।

ADVERTISEMENT

घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शंकर खतिवडा माथि छानबिन भइरहेको सीटीईभीटी हेटौंडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिनुभयो ।
पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापी अन्तर्गत बीएबिएल साइन्स, एचएको इनभाइरमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरीका परीक्षा रद्द गरिएको छ । यी विषयहरुमा ७९ जना परीक्षार्थी उपस्थित थिए ।


प्रकाशित मिति : आइतवार, २०८२ कार्तिक ३०, १५ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट