मकवानपुरमा ३० बिगाहाभन्दा बढीमा लगाइएको अवैध गाँजा नष्ट
मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा अबैध रुपमा खेती गरिएको गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेटौंडाको संयुक्त टोलीले कार्तिक १७ देखि २० गतेसम्म चार दिनसम्म विशेष अभियान चलाएको थियो ।
प्रहरीका अनुसार, राक्सिराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेमेटा, गोरेटार, देपुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरनी, जोइटी र भीमफेदी गाउँपालिकाका भदौरे, ज्यार्बु लगायतका विभिन्न क्षेत्रका बारीमा लगाइएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो ।
अभियानका क्रममा करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा खेती गरिएको गाँजाका बोट पूर्ण रुपमा नष्ट गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । अवैध गाँजा खेती नियन्त्रणका लागि प्रहरीले निरन्तर निगरानी र कारबाही अभियान जारी राख्ने बताइएको छ ।
गाँजा फडानी अभियानमा कुल १ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय




















प्रतिक्रिया