Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

अनुमति नआउँदा हेटौंडामा त्यसै थन्कियो लाइसेन्स छाप्ने मेशिन


बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि करिब ५ करोड रुपैयाँ लागतमा खरिद गरिएका अत्याधुनिक क्षमता भएको ५ थान  मुद्रण मेसिन थन्किएर बसेको बागमती प्रदेश  श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

एउटा मेसिनले प्रतिघण्टा करिब १५० वटाका दरले ५ वटा मेशिनबाट प्रति घण्टा ७५० थान  सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता भएका प्रिन्टिङ मेशिन सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले सञ्चालनमा आउन नसकेको हो ।

ADVERTISEMENT

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय मन्त्री जयराम थापाले बत्ताउनु भयो , सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नवीकरणका लागि राजस्व तिरेका हजारौँ नागरिक अझै लाइसेन्स पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ ।  मन्त्री थापाले भन्नुभयो “जे एन जी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्ला स्थित केही कार्यालयहरू क्षति भए पनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ, तर सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना  कानुनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन ।”

सुरक्षण मुद्रण ऐन २०८१ को  दफा ९ को उप दफा ३ मा भएको व्यवस्था  बमोजिम प्रदेश सरकारले जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको हो । अनुमति पत्र छपाइ प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले  गरेको  छ ।

ADVERTISEMENT

हाल बागमती प्रदेशको १५ लाख र देश भरका करिब १५ लाख गरी  ३० लाख बढी सवारी चालक अनुमति पत्र छाप्न बाकी रहेको छ  भने छपाइको काम सकिए। देशभर वितरणको तयारीमा रहेको करिब १२ लाख सवारी चालक अनुमति पत्र आन्दोलनका क्रममा क्षति भई पुन मुद्रण गर्नुपर्ने अवस्था रहेको छ ।

अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाई  ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने, तथा जनताले अनावश्यक दुःख भोग्नुपर्ने अवस्था कायम छ ।

बागमती प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको  छ ।


प्रकाशित मिति : शुक्रबार, २०८२ कार्तिक २१, १४ :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट