Techie IT
Hetauda Khabar

बलराम र बिनाको स्वरमा ‘बर पिपलु’, म्यूजिक भिडियो सार्वजनिक


गायक एवम् पत्रकार बलराम पुडासैनी र बिना राईको स्वरमा रहेको बर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् सार्वजनिक गरिएको हो ।

किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।

गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो ।

गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ ।

गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।

गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ ।


क्याटेगोरी : मनोरञ्जन, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट