Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
LIVE
मकवानपुर प्रतिनिधि सभा निर्वाचन २०८२
निर्वाचन क्षेत्र १
निर्वाचन क्षेत्र २
🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् • 🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् •

हेटौंडामा ब्यवसायी घिमिरेमाथि खुकुरी प्रहार


हेटौंडामा एक ब्यवसायीमाथी खुकुरी प्रहार भएको छ ।

ADVERTISEMENT

हेटौंडा- १० स्थित बन क्याम्पस अगाडि मकवानपुर गढी गाउँपालिका निवासी प्रेम कुमार घिमिरेलाई ४,५ जनाको अज्ञात समुहले खुकुरी प्रहार गरि भागेको हो ।

ADVERTISEMENT

खुकुरी प्रहारबाट घिमिरे घाइते भएका छन् । उनको हात, गाला र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको र थप उपचारका लागि अहिले चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खुकुरी प्रहार गर्नेलाई प्रहरीले खोजिरहेको छ । घिमिरे गत २३ र २४ गते हेटौंडामा भएको जेनजी आन्दोलनलाई समर्थन गर्दै हिडेका थिए । उक्त आन्दोलनलाई समर्थन गरेकाले उनलाई आक्रमण गरिएको हुनसक्ने बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८२ भदौ ३०, २१ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट