मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो

मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हटेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै आज बिहान १० बजेबाट सम्पूर्ण कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जानकारी गराएको हो।
कर्फ्यु हटेसँगै हेटौडा बजार सामान्य बन्दै गइरहेको छ। बजारहरू आंशिक खुलेका छन् भने छोटो दुरीका सवारी साधन तथा अटो इरिक्साहरु चल्न थालेका छन्।
जेन्जी आन्दोलन चर्किएपछि गएको २४ गतेबाट हेटौडामा कर्फ्यु आदेश जारी भएको थियो।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया