कांग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा इन्द्र बानियाँ विजयी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।
आज भएको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्।
बानियाँको पक्षमा २२ मत प्राप्त हुँदा मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामाको १४ मत प्राप्त भएको छ। एक मत बदर भएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया