Techie IT
Hetauda Khabar

बागमतीमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री नियुक्त,केहीबेर मै सपथ


बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनीविरुद्ध कांग्रेस संसदीयदलमा अविश्वासको प्रस्ताव पारित गराउन ५ मन्त्रीले राजिनामा दिएका थिए ।  हिजो मात्र दलमा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।

मुख्यमन्त्री पद छोड्न दवाव आइरहेकै बेला लामाले मन्त्रिपरिषद्को पूर्णता दिन लागेका हुन् ।  खाली रहेको मन्त्रालयमा आज बहादुरले ३ जना मन्त्री नियुक्त गरेका छ्न ।
मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिईएको छ भने माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरिएको तर मन्त्रालय भने नतोकिएको उच्च स्रोतले बताएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट