Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मुख्यमन्त्री लफडा – संसदीयदलको बैठक पुनः स्थगित


बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामामाथिको अविश्वासको प्रस्तावको छलफल पुनः स्थगित भएको छ ।

ADVERTISEMENT

लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आज दिउसो १ बजेलाई  बैठकको तयारी गरिएको थियो । अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सनाखत गर्नुपर्ने कार्यतालिका थियो । तर बहादुर लामा पक्षले आफ्ना सांसद बाहिर रहेकाले समय नै नदिई प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै सहमति नजनाएपछी बैठक स्थगित गरिएको थियो ।

ADVERTISEMENT

केन्द्रीय उच्च नेतृत्वले दवाव दिन थालेपछि अविश्वासको प्रस्तावमाथि प्रक्रिया अघि बढाउँन साझदेखि छलफल सुरु गरिएको थियो, तर छलफलमा सहमति नजुटेपछी बैठक स्थागित भएको छ ।

भोलि बिहान १० बजेसम्मको लागि बैठक स्थगित भएको एक नेताले बताएका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८२ साउन १२, २१ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट